काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, विधान अनुमोदन गर्ने

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले विधानलाई अनुमोदन गर्ने बताइएको छ यसअघि शनिबार बसेको संसदीय दलको बैठकले डा.मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित गर्दैै अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुनेछ प्रतिनिधिसभाले पूर्णता पाएर केपी ओली प्रधानमन्त्री बनिसकेपनि काँग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको दाबी रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?