पोलिमर नोट घोटाला प्रकरण : पूर्व गभर्नर रावलले पाए सफाइ

काठमाडौं । पोलिमर नोट घोटाला प्रकरणमा मुछिएका पूर्व गभर्नर तिलक रावल सहित उपेन्द्र केसरी पौडेल र हिमालयबहादुर पाँडेलाई अदालतले सफाइ दिने फैसला गरेको छ । मंगलबार विशेष अदालतले उनीहरूलाई सफाइ दिएको हो ।

विशेष अदालतले पूर्व गभर्नर तिलक रावल, राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई सफाइ दिएको छ ।

तीन जनाविरूद्ध अख्तियारले २०७५ पौस ५ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरूविरूद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गरिएको थियो । शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेती र शान्ति सिंह थापाको इजलाशले रावलसहित ३ जनालाई सफाइ दिने फैसला गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?