कोरोनाको ‘भ्याक्सीन’बारे यसो भन्छन् बिल गेट्स

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सोच वास्तवमै मर्मस्पर्सी रहेको छ । उनले कोरोना भाइरस पीडितलाई कोरोना भाइरसको टिका पहिला दिनुपर्ने बताएका छन् । उनले भने कि, ‘यो टिका पहिला पैसा हुनेहरुलाई नभएर कोरोना संक्रमितलाई दिन आवश्यक रहेको छ ।’

उनले यो औषधि सबैभन्दा पहिला जुन देशमा धेै संक्रमित छन्, त्यो देशमा दिन आवश्यक रहेको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय एड्स रोग संघ (आईएएस) द्वारा आयोजित कोरोना भाइरसको सम्बन्धमा एक अनलाइन कन्फ्रेन्सको बेला औषधि र टिकाको धेरै आवश्यकता धेरै कोरोना संक्रमित भएको देशमा पहिला दिनुपर्ने बताएका हुन् ।

साथै उनले यदि पैसावालाई यो औषधि शुरुमा दिने हो भने महामारीबाट मुक्ति नमिल्ने समेत बताएका छन् ।

उनले भने, ‘हाम्रा नेताहरुले यो विषयमा सोचेर कठोर निर्णय लिन आवश्यक छ, मार्केट फ्याक्टर्समा निर्भर रहेर होइन ।’

कोभिड १९ महामारीविरुद्ध सयौँ भन्दा धेरै टिकाको रिसर्च प्रोजेक्टको विकास भईसकेको छ ।

केहि यूरोपीय देशका सरकारले र अमेरिकी सरकारले अनुसन्धान, परीक्षण र उत्पादनको क्षेत्रमा अर्बौं डलर खर्च गरेका छन् ।

कोभिड १९ को उपचार आर्थिक स्थितीलाई हेरेर सबैका लागि महत्वपूर्ण छ, तर सबैभन्दा धेरै कोरोना पीडितलाई उपचारका लागि आवश्यक छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?