२०७८,बैशाख,३०,बिहीवार

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ किन्न पाइने मिति तोकियो


काठमाडौं । सारा विश्व यो बेला कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । कोरोना संक्रमितको आँकडा दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

यो अवस्थामा कोरोनाविरुद्धको भ्याक्सीनको पर्खाईमा सबे रहेका छन् । यसैबीच रुसको गमलेई इन्स्टीट्यूट अफ एमिडेमियोलोलि एण्ड माइक्रोबायोलोजीले दाबी गरेको छ कि, आफूले कोरोना भाइरसविरुद्धको भ्याक्सीन तयार गरेको छ ।

भ्याक्सीनको ह्यूमन क्लिनीकल ट्रायल पनि सफल भएको छ । सेचेनोभ मेडिकल यूनिभर्सिटीद्वारा यो भ्याक्सीनको ट्रायल गरिएको थियो ।

कम्पनीले अगस्टसम्ममा भ्याक्सीन संक्रमितहरुमा पुग्ने बताएको छ । किनभने ह्यूमन ट्रायलमा यो भ्याक्सीन मानिसका लागि सुरक्षित पाइएको छ ।

ह्यूमन क्लिनीकल ट्रायल सफल

यो भ्याक्सीनलाई विश्वमै पहि

लो कोरोना भाइरसविरुद्धको भ्याक्सीन बताइएको छ । रिपोर्टका अनुसार रुस्को सेचेनोभ मेडिकल यूनिभर्सिटीद्वारा यो भ्याक्सीनको ट्रायल गरिएको हो । १८ जूनमा पहिलो चरणमा १८ जना भ्यालेन्टियर्समा यसको ट्रायल गरिएको थियो । त्यसपछि २३ जूनमा भ्याक्सीन टेस्टको दोश्रो चरण शुरु भएको थियो ।

जसमा २० जना मानिसमा ट्रायल भएको थियो । रिसर्चसका अनुसार सबै स्टेजमा भ्याक्सीनको ट्रायल सफल भएको छ ।

१४ अगस्टसम्म भ्याक्सीन आउने

रिपोर्टका अनुसार रिसर्च सेन्टरका हेडले १२ देखि १४ अगस्टसम्ममा कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सीन सिभिल सर्कुलेशनमा आउने र ठूलो परिणाममा कम्पनीले प्रोडक्शन गर्ने बताएका छन् ।

पहिलो चरण सफल भयो

रिपोर्टका अनुसार यो औषधिको नाम ‘Gam-COVID-Vac Lyo’ रहेको छ । रुसले दाबी गरेको छ कि, उसको पहिलो चरण पूर्ण रुपमा सफल भएको छ । रुसका स्वास्थ्य मन्त्रीका अनुसार देशमा कोरोना भाइरसका १७ भ्याक्सीनमाथि काम भईरहेको छ ।

प्रकाशित मिति: २०७७,असार,३०,मंगलवार २०:३०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. कोरोनाका कारण नेपालमा बिहिवार एकैदिन २ सय १४ जनाको मृत्यु,८ हजार ९ सय ६० जना नयाँ संक्रमित थपिए ।

काठमाडौं । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए फुटबलमा क्लबका लागि कीर्तिमान बनाएका छन् । रोनाल्डोले युभेन्टसका लागि सर्वाधिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल खनाल समुहका कारण बहुमतको सरकार गठन प्रक्रिया अघि

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड विपद व्यवस्थापन कोष स्थापना

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१