सहकारी विकास बोर्डको सदस्यमा कर्णालीबाट भिमबहादुर रावत मनोनीत

सुर्खेत । राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको सदस्यमा दैलेखका भिमबहादुर रावतलाई मननोनयन गरिएको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व हुने गरि दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका १ चापागाउँका रावतलाइ बोर्डको कार्यकारी समितिको सदस्यमा चयन गरिएको हो ।

राष्ट्रिय सहकारी ऐन ४९ को दफा ७ को उपदफा-१ को देहाय खण्ड (ङ) बमोजिम दुइ वर्षको लागि रावतलाई बोर्डको सदस्यमा चयन गरिएको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रावतलाई गएको असार २२ गतेको मन्त्रीसणतरको बैठकको निर्णयअनुसार राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको सदस्यमा मनोनयन गरिएको हो ।

को हुन् रावत ?

जिल्ला सहकारी संघको सदस्य समेत रहेका रावत सिर्जन कृषि तथा पशुपालन सहकारि सस्था र चामुण्डामाई बहुउद्देश्य सहकारी सस्था विच एकिकरण भइ नवगठित सिर्जन चामुण्डामाई बहुउद्देश्य सहकारी संस्थाको अध्यक्षसमेत रहेका छन् ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका निवासी रावत सहकारी क्षेत्रमा करिब विगत ७ वर्षदेखि आवद्व छन् । विगत १ वर्षदेखि रावत सहकारीको प्रशिक्षकसमेत रहेका छन् ।

राष्ट्रिय सहकारी विकास बोर्डले आफुलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व हुने गरि पठाएपछि आफुले पाएको जिम्मेवारीको पुर्ण रुपमा वहन गर्दै कर्णालीभर छरिएर रहेका नामका मात्रका सहकारीलाइ एकिकरण गरेर कामका सहकारी बनाउने उनले बताए ।

सहकारी एकिकरण गर्ने कार्यमा आफनै क्षेत्रबाट सुरु गरिसकेको छु । नामका मात्र सहकारीलाइ कामका सहकारी बनाउने कामतिर लागि परेको छु । उनले भने, जिल्लाभर नाम र दर्ता मात्रका सहकारी छन । आफनो ऐन अनुसार गतिविधि बढाउन नसकेको अबस्था छ ।

त्यस्ता सहकारीलाई एकिकरण गरेर चलायमान गरेर त्यो क्षेत्रका सेयरसदस्य, किसानहरुलाई पत्यक्ष रुपमा उत्पादन तर्फ जोड दिएर स्वरोजगार तिर जोड्ने पहिलो लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?