हेर्नुहोस् २०७७ साल असार ३१ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ३१ गते । बुधवार । इ.स.२०२० जुलाई १५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण। ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– दशमी,२० बजेर ३३ मिनेट उप्रान्त एकादशी । नक्षत्र– भरुणी,१६ बजेर ०२ मिनेट उप्रान्त कृतिका ।

योग शूल,२४ बजेर २० मिनेट उप्रान्त गंड । करण– वणिज,०७ बजेर ४३ मिनेट उप्रान्त भद्रा,२० बजेर ३३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ५ बजेर १९ मिनेटमा, सूर्यास्त १८ बजेर ५९ मिनेटमा । दिनमान ३४ घडी ११ पला । आषाढ मसान्त ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रविधिको प्रयोग गरि विद्यार्थिहरुले राम्रो नतिजा ल्याउन सक्नेछन् । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा मन नजाँदा नतिजा अरु तिर जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अरुको भर पर्दा महत्वपूर्ण उपलव्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पत्तीको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाती रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि आगामि दिनमा आम्दानी गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्ततः काम हुनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनः जोडिनेछन् । पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रविधिको प्रयोग गरि अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान तथा अनुयायीको माध्यमबाट काम बन्नेछन् । तरपनि सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रविधिको प्रयोग गरि अध्ययन गर्नाले उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने काम फस्टाएर जानेछ । भौतिक सम्पत्ती तथा आफन्तको समयोग जुट्नाले कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रयन्न गर्दा आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । पढाई लेखाईमा अलि बढि ध्यान दिँदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । आफन्त तथा कुटुम्बबाट समयोग पाईने योग रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?