काठमाडौं, १३ फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् शनिबारराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४–१ ले हरायो आफ्नै घरेलु मैदानमा लिभरपुललाई विजयी गराउन एम्रे च्यान, मोहोमद सालाह, रोबर्टो फिर्मिनो र सादियो मानेले एक–एक गोल गरे । वेष्ट ह्याम युनाईटेडका लागि मिचेल एन्टोनियोले एक गोल फर्काए प्रिमियर लिग फुटबलकै अर्को खेलमा वाट्फोर्डले एभर्टनलाई १–० ले हरायो भने हडर्सफिल्ट टाउनले वेष्ट ब्रोमलाई २–१ ले तथा ब्राईटनले स्वान्सी सिटीलाई ४–१ ले पराजित गरे लेष्टर सिटी र स्टोक सिटी तथा बर्नली र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेले भने बर्नमाउथ र न्युकासल युनाईटेड २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् गएरातिकाे जितसँगै २८ खेलबाट ५७ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया