वाम कार्यदलमा नयाँ पार्टीको संगठन र अन्तरिम विधानमा छलफल

काठमाडौँ, १३ फागुन- एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक संरचना र अन्तरिम विधानको सैद्धान्तिक आधारमा सहमति गरेका छन् । माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार बसेको अन्तरिम विधान तथा संगठनात्मक कार्यदलको बैठकले एकीकृत पार्टीको संगठनात्मक संरचनाको सैद्धान्तिक आधारमा सहमति गरेको हो कार्यदलमा एकीकृत पार्टीको संगठनात्मक संरचना र अन्तरिम विधानको सैद्धान्तिक आधार मुलुकको परिवर्तित संघीय संरचना, लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी एकीकरणसम्बन्धी सहमति र निर्वाचनको घोषणापत्रलाई समेत आधार बनाउने सहमति भएको हो विधान र संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव छन्, नयाँ पत्रिकामा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?