व्यवसायीहरुलाई बैकिङ किस्ता र ब्याज तिर्न महासंघको आग्रह

काठमाडौं । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ ।

महासंघले कोभिड(१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर भएका बाहेक सबल भएका व्यवसायीहरुलाई बैंकको किस्ता र ब्याज तिरिदिन आग्रह गरेको हो ।

तर आर्थिक अवस्था अत्यन्त कमजोर भएका र बैकिङ किस्ता ब्याज चलाउन नसक्ने अवस्थामा रहेकाहरुलाई भने महासंघले नआत्तिन भनेको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?