टोरिनोलाई हराउँदै ईन्टर सिरि ए को दोस्रो स्थानमा

काठमाडौं । सिरि ए फुटबलमा ईन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति टोरिनोलाई ३–१ गोल अन्तरले पराजित गर्दै ईन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

एन्ड्रिया बिलोटीले १७ औ मिनेटमा पाहुना टोली टोरिनोलाई अग्रता दिलाएका थिए । एस्ले योङले ४९ औं मिनेटमा घरेलु टोली ईन्टरका लागि बराबरी गोल फर्काए ।

डिफेन्डर डिएगो गोडिनले ५१ औं मिनेटमा ईन्टरलाई २–१ ले अघि बढाए । लौटारो मार्टिनेजले ६१ औं मिनेटमा गोल गर्दै ईन्टरको जित सुनिश्चित गरेका थिए । दोस्रो स्थानका ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ । ईन्टरको ३२ खेलबाट ६८ अंक छ ।

रेलिगेशनबाट बच्न संघर्षरत टोरिनो ३४ अंक सहित १६ औं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?