जितसँगै रियल उपाधि नजिक

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिको नजिक पुगेको छ । सोमबार राति ग्रानाडालाई २–१ गोल अन्तरले पराजित गर्दै रियल उपाधिको नजिक पुगेको हो ।

रियललाई यस सिजनको उपाधि जित्न मात्र एक जित आवश्यक छ । लिगमा अब मात्र दुई खेल खेल्न बाँकी छ ।

फिरल्याण्ड मिन्डेले १० औं मिनेटमा पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवातमै २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफको सुरुवातमा घरेलु टोलीका डर्विन माचिसले एक गोल फर्काएका थिए ।

रियलले लिगमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । दुई खेल मात्र बाँकी रहेको अवस्थामा रियलले बार्सिलोनासंग ४ अंकको अग्रता बनाएको हो । हेड टू हेडको आधारमा बार्सिलोना भन्दा रियल अगाडी छ ।

शीर्ष स्थानको रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ । ग्रानाडा ५४ अंक सहित छैटौ स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?