घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा कमि आएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ३ सय रहेको थियो । भने आज तोलामा १ सयले कमि भइ प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ७ सय ६० रहेको छ ।

सोमवारको तुलनामा चाँदीको मूल्यमा ५ रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदी ९ सय ९० मा कारोवार भएकोमा आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी ९ सय ९५ कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?