काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति फेरी विवादित बनेको छ ।
असार २९ गते भानु जयन्तीका अवसरमा एक कार्यक्रमका बीच उनले दिएको अभिव्यक्तिले देश तथा विदेशमा रहेका नेपालीहरुले समेत उनको हलुका अभिव्यक्तिले निराश बनेका छन् ।
यति मात्र होइन, उनको अभिव्यक्ति बाहिरिएपछि भारतमा समेत खैलाबैला मच्चिएको छ ।
यसअघि लगातार प्रधानमन्त्री ओली विरुद्ध खनिएका भारतीय मिडियाले कुर्सी बचाउनको लागि ओलीले यस्ता अभिव्यक्तिमा रुची देखाएको भन्दै लगातार समाचार प्रकाशन गरिरहेका छन् । यता उनैका पूर्व सल्लाहकार, पूर्व प्रधानमन्त्री, मन्त्रीहरुले प्रधानमन्त्री जस्तो पदमा रहेका व्यक्तिबाट आएको यो अभिव्यक्तिमा आश्चर्य व्यक्त गर्दै अब ओलीबाट देशले पार नपाउने आशयका विचार सामाजिक सञ्जालमा राखिरहेका छन् ।
प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना शुरु भएको छ।
भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई राजनीतिक विवाद उक्साउने भन्दै भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम भएको बताइएको छ।
सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्।
उनले भगवान राम आस्थाको विषय भएको भन्दै उनले मानिसहरूले त्योसँग खेल्न कसैलाई नदिने बताएका छन् । साथै उनले यो कुरा चाहे नेपालका प्रधानमन्त्री नै किन नहोउन् भन्दै उक्त भनाईमा निन्दा गरेको बताइएको छ ।
नेपाल भारत सम्बन्धमा उतारचढाव आईरहेको समयमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई देशभित्रैका मानिसहरूले समेत विश्वासगरेका छैनन् ।
कसले के लेखेका छन् त, ओलीको उक्त अभिव्यक्तिप्रति ?
आधी-कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं! सिधै बैकुण्ठधामको यात्रा गरौं ! https://t.co/yDepnuFCFY
— Baburam Bhattarai (@brb1954) July 13, 2020
प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन https://t.co/jzP5hcH4qu
— Kamal Thapa (@KTnepal) July 13, 2020
Religion is above politics & diplomacy. Its a highly emotive issue. Ridiculous statements only cause embarrassment. If Ayodhya is near Birgunj, where is the Sarayu river ?
— Ramesh Nath Pandey (@rameshnathpande) July 13, 2020
योे के बोलेको? कि भारतको टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको? https://t.co/54e3hoOjyf
— Kundan Aryal (@TheRealKalamchi) July 13, 2020
पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।
— Bishnu Rijal (@bishnurijal1) July 13, 2020
यस अघि उनले गत असार १४ गते जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन भारत लागि परेको बताएपछि नेकपा स्थायी कमिटी र चौतर्फी रुपमा उनको आलोचना शुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया