२०७८,असार,८,मंगलवार

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ ।

सो स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ । रासस

प्रकाशित मिति: २०७७,असार,३०,मंगलवार ०९:४४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको विरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ

काठमाडौं । मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौं । पृथ्वी राजमार्गसँगै जोडिएको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाउँमा प्राणी उद्यानको कार्यालय निर्माण गरिएको

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४