चर्चित हलिउड अभिनेत्री केली प्रिस्टनको निधन

काठमाडौं । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती केली प्रिस्टनको निधन भएको छ । ५७ वर्षको उमेरमा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनी दुई वर्ष यता ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिइन् । जोनले स्वयं नै सोसल मिडियामा वाइफको निधन भएको जानकारी दिँदै इमोस्नल पोस्ट गरेका छन् ।

उनले पोस्टमा लेखेका छन्, ‘मेरी सुन्दरी वाइफ केली जो दुई वर्ष यता ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिइन् । र अन्तिममा उनी यो लडाईमा हारिन् । धेरै फ्यानहरुको मायाँले उनले लडाई बहादुरीका साथ लडिन् ।’

उनले लेखेका छन् कि, केलीको याद जीवनमा कहिल्यै बिर्सने छैन । म अब आफ्ना बच्चालाई केहि समय दिन चाहान्छु, जसले आफ्नो आमाबाट टाढिनु परेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?