विवाद सार्दै नेकपा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै साम्य भएको छैन।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्ष आआफ्नै अडानमा कायम छन्।

त्यसकारण स्थायी कमिटी बैठक रोकिन पुगेको छ। प्रधानमन्त्रीबाट ओलीलाई राजीनामा गराइछाड्ने रणनीतिमा दाहाल पक्षीय नेता अडिग छन् भने दुवै पद नछाड्ने ओली मनस्थितिमा पनि कुनै फेरबदल देखिन्न।

दुवै अध्यक्ष परिस्थितिलाई आफूअनुकूल बनाउन लागिपर्दा स्थायी कमिटी बैठक मात्र होइन, आन्तरिक विवाद समाधान पनि पर सार्ने काम भएको छ। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?