केपी ओली रणनीति शक्ति सञ्चय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन्।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार १८ देखि लगातार स्थगित भएपछि सोही समयको उपयोग गर्दै ओली निकट नेताहरुले निरन्तर असन्तुष्ट नेताहरुसँग भेटघाट गरी विवाद मत्थर बनाउने प्रयास गरिरहेका छन्।

ओली निकटका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, विष्णु रिमाललगायतले दाहाल–नेपाल समूहका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन्। उनीहरु दाहाल–नेपाल समूहका नेताहरुसँग एक्लाएक्लै भेटघाट गरेर दूरी कम गराउन लागिरहेका छन्। दुई दिनअघि वानेश्वरस्थित एक घरमा महासचिव विष्णु पौडेलले नेपाल समूहका नेताहरुसँग छलफल गरेका थिए। ‘महासचिवलगायतका नेताहरुले समन्वय गरिरहनुभएको छ। उहाँहरुले विवाद घटाउने र शीर्ष नेताहरुको दूरी कम गराउने काम गरिरहनुभएको छ’, ओली निकट एक सदस्यले भने। उनका अनुसार पार्टी मिलाएर लैजानुपर्छ भन्ने अवस्थाबाट नै छलफल चलिरहेको छ।

असार २६ बाट एकैचोटि साउन २ गतेलाई स्थायी कमिटी बैठक राखिएको छ। मुलुकमा बाढीपहिरोको कारण देखाएर नेकपाले पछिल्लो पटक असार २६ गते सात दिनका लागि बैठक स्थगित गरेको थियो। बैठक स्थगित गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शनिबार बाढीपहिरो अवलोकन गर्न चितवन पुगेर सोमबार दिउँसो काठमाडौ फर्केका छन् । बैठक स्थगित भएपछि दुई अध्यक्षबीच कुराकानी भएको छैन। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?