नेकपासामु तीन वटा विकल्प

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् ।

साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या र समाधान विषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले ओली नेतृत्वको सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुने बताए ।

सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको आरोप लगाउदै अहिलेको अवस्थामा नेकपासामु तीन वटा विकल्प रहेको रहेको बताए।

यथास्थितिमा जाने, पार्टीमा फटुने हो कि भनेर बस्ने र प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने’ यो विकल्प देखाउँदै उनले भने, ‘यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ । अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?