कालीमाटीमा सस्तो छ तरकारी, खुद्रा पसलेले महँगोमा बेचे

काठमाडौँ । कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ ।
कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण उपभोक्ता परेका छन् ।

तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् ।
त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइनसक्नु छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गरे । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?