अमेरिकामा बढेको बढ्यै संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७३ हजार ३ सय ४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३१ लाख ३५ हजार १ सय ३४ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट ७६ लाख ६० हजार ४ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५८ हजार ७ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३७ हजार ९ सय ४७ जनाको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा २७ हजार ५ सय ८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३४ लाख ४१ हजार ५ सय ३ पुगेको छ । हालसम्म १५ लाख ३४ हजार ९ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय १३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?