२०७८,बैशाख,३०,बिहीवार

स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु : मन्त्री ढकाल


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताएका छन् । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा आज मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताएका हुन् ।

मन्त्री ढकालले हाल मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताउँदै नमूना बनाएर सबैले असल मनसायले काम गर्नुपर्ने जनाए । उनले भने “स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड–१९ ले केही असहजता सिर्जना गरेको भए पनि आफूले स्वास्थ्य मन्त्रालय नमूना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्नेछु ।”

मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै सङ्घसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने जनाउँदै मन्त्री ढकालले भने, “परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन्, बाहिर पनि छन् तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।”

उनले पीसीआरको दायरा नघटाइएको भन्दै अहिले २५ ल्याबबाट दैनिक १० हजारको नमूना परीक्षण गर्नसक्ने गरी क्षमतावृद्धि गरिएको बताए ।

  • रासस

प्रकाशित मिति: २०७७,असार,२९,सोमवार २२:५८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिले केहि समयलाई सांसदको संख्या गन्ने काम रोकिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । सोमवार ओलीले संसदबाट विश्वासको मत लिनबाट

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आत्मसमिक्षा गरेर ओलीको विकल्प

काठमाडौं । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठन गर्नका लागि दाबी गर्न कोही पनि नआएको जनाएको छ

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१