युवकको बगेर मृत्यु

काठमाडौं । प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ । प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५,बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

जुम्रीमा रहेको एक होटलमा झडपपछि गौमुखी गाउँपालिका–५, ठूलाबेंसीका ३१ वर्षीय वसन्त चन्द र थापा भागेको प्रनाउ कार्कीले बताए । थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ ।

पटक पटक विभिन्न मुद्दामा परेका चन्द र थापा झगडापछि आफूहरुलाई किटानी पर्न सक्ने भन्दै भागेको प्रहरीको अनुमान छ । होटलमा झगडा गरेको आरोपमा चन्द र भक्तबहादुर केसीविरुद्ध सार्वजनिकस्थलमा कुटपीट गरेको जाहेरी परेको थियो । केसी पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?