२०७८,बैशाख,२४,शुक्रवार

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन


काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।

सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।

महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन । बस रोकिदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्ड अनुसार बस सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् ।

सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ ।

यातायात व्यवसायीक संगठनहरुले भने विभिन्न माग राख्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन् । सरकारले लकडाउन खुकुलो बनाई केही क्षेत्रलाई सञ्चालन गर्न दिएपछि सार्वजनिक यातायात व्यवसायीहरुले पनि यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए । तर तिनै व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरेपछि भने आफ्ना माग पुरा नगेसम्म गाडी नचलाउने बताउँदै आएका छन् । उनीहरुले गाडी मर्मतका लागि कर्जा उपलब्ध हुनुपर्ने, बैंकको ब्याज र किस्तालाई पुनःपूँजीकरण गर्नुपर्ने, चालक र सहचालकको स्वास्थ्य सुरक्षाको प्रबन्ध सरकारले मिलाउनुपर्ने लगायतका माग राखी बस सञ्चालन गरेका छैनन् ।

प्रकाशित मिति: २०७७,असार,२९,सोमवार १९:३४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकार तत्काल खोप किन्न सक्ने अवस्थामा नभएको कारणबारे प्रष्ट पारेको छ । नेपाल कोरोना

आर्जव घिमिरे/काठमाडौं।  ए.एस. रोमाका नयाँ मुख्य प्रशिक्षक जोसे माउरिन्होले पछिल्ला केही समयमा खासै सफलता पाएका छैनन्। तर उनको ‘दि स्पेशल

काठमाडौं । सञ्चार एवम् सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारहरुले समाजको कुराहरु लेख्ने गरेपनि आफ्नै पीडाहरु लेख्ने नगरेको बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका सदस्य साथै सुरक्षाकर्मीहरुको

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८