मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

सोमवार साँझ ६ बजेका लागि बोलाइएको बैठक १ घण्टा ढिला गरी शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

आजको बैठकमा कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरु नेपाल ल्याउनको लागि सर्वोच्च अदालतले दिएको आदेश अनुसार निर्देशिका पारित हुनसक्ने बुझिएको छ ।

नेपालमा धेरै संवैधानिक निकायहरुमा पद रिक्त रहेका छन् । छलफलका क्रममा रिक्त रहेका पदपुर्तिका बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?