हेर्नुहोस् २०७७ साल असार ३० गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ ३० गते । मंगलवार । इ.स.२०२० जुलाई १४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– नवमी,१८ बजेर ४९ मिनेट उप्रान्त दशमी । नक्षत्र– अश्विनी,१३ बजेर ३७ मिनेट उप्रान्त भरुणी । योग धृति,२३ बजेर ५५ मिनेट उप्रान्त शूल ।

करण–तैतिल,०५ बजेर ५२ मिनेट उप्रान्त गर,१८ बजेर ४९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ५ बजेर १८ मिनेटमा, सूर्यास्त १८ बजेर ५९ मिनेटमा । दिनमान ३४ घडी १३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशील तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ ।

विभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले लामो दुरिको यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दी आउनेछ । पढाई लेखाईमा मन नजाँदा नतिजा अरुतिर जानेछ ।

स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय मध्यम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी न्युन नै हुनेछ । आम्दानीका बाटाहरु साँघुरा हुनाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

आफन्त तथा दाजुभाईको सहयोग नपाउँदा कामहरु थाति रहनेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पत्ती प्राप्त हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ ।

पढाई लेखाईकै शिलशीशिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नीबीच अझ विश्वास बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ ।

माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

भौतिक सम्पत्ती तथा विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाई लेखाई सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

वौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । भौतिक सम्पत्ती तथा विलाशी सम्पति उपहारको रुपमा प्राप्त हुनेछ ।

अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सहयोगी तथा प्रतिस्र्धीहरुले तपाईको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ ।

आर्थिक रुपमा सम्पन्न हुनको लागि तालिएका कदममा बाधा तथा अवरोध हुनेछ । सवारी साधन तथा कृषि सहकारीको क्षेत्रमा काम गर्नेहरुले मनग्गे आम्दानी गर्न सक्नेछन् । आमा तथा आफन्त सँग सामान्य कुरामा मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुला लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रयत्न गर्दा व्यापारमा न्यून आम्दानी हुनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ ।

रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?