काठमाडौं । झापामा नक्कली भारतीय नोट सहित ३ जना पक्राउ परेका छन् । १ लाख ४४ हजार नक्कली भारतीय नोट सहित ३ जनालाई आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय खुर्सैद आलम, सोही नगरपालिका-३ बस्ने ४३ वर्षीय मौसम श्रेष्ठ र झापा गाउँपालिका-५ बस्ने २४ वर्षीय एराजुल हक रहेका छन् ।
खुर्सैद आलम र मौसम श्रेष्ठ मिलेर भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मौसम श्रेष्ठलाई निजको घरमै फेला पारी तलासी गर्दा ५ सय दरका २ सय ८८ थानमा रहेका उक्त नोट फेला पारी शनिबार पक्राउ गरेको हो ।
साथै उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हक समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि आलम र हकलाई समेत सुरुङ्गा बजारबाट प्रहरीले
पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार ५ सय नेपाली रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया