काठमाडौँ, १२ फागुन – नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल शुरु गरेको छ । दुई पार्टीको संगठनात्मक अनुभव आदानप्रदानबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए बैठकले यही फागुन २५ गतेभित्र कार्यदललाई तोकिएका काम सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको छ आजको बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताए माओवादी केन्द्रका नेता रामबहादुर थापाको अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधान मस्यौदा तयार पार्दा निश्चित विधि र मापदण्ड अपनाउनेसमेत निर्णय गरेको छ । कार्यदलको अर्को बैठक फागुन १५ गते मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्नेछ कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, सचिव विष्ट, नेताहरु रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, बेदूराम भुसाल सदस्य हुनुहुन्छ भने माओवादीका तर्फबाट नेता थापा, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया