अमिताभले गरे यस्तो ‘ट्वीट’, उनको स्वास्थ्यअवस्था बारे के भन्छ अस्पताल ?

काठमाडौं । कोरोना पोजेटिभ रिपोर्ट आएपछि बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् ।

अमिताभको आइसोलेसन वार्डमा राखेर उपचार भईरहेको छ । विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई कोरोना संक्रमण भएको थियो ।

उनीहरु संक्रमित पाइउपछि होम आइसोलेसनमा रहेका छन् । अस्पतालका अनुसार अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुमा कोरोनाको लक्षण नदेखिएको बताइएको छ ।

उनीहरुको दोश्रो रिपोर्ट आज आउँदैछ । अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उनीहरुको स्वास्थ्यमा राम्रो हुँदै आईरहेको छ ।

उनीहरुको घरमा काम गर्ने ५४ जना कर्मचारी मध्ये २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको भने रिपोर्ट आउन बाँकी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?