सागका स्वर्णधारी मण्डेकाजीलाई नगरपालिकाद्वारा दराज उपहार

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेमा दोहोरो स्वर्णपदक विजेता खेलाडी मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार दिएको छ ।

नगरपालिकाका मेयर मदनसुन्दर शाक्यले सोमबार दोहोरो स्वर्णधारी मण्डेकाजीलाई दराजको चावी हस्तान्तरण गरेका हुन् ।

खलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनाएको भन्दै मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीलाई सजावटसहित दराज उपहार प्रदान गरेको हो ।

यसअघि नगरपालिकाले मण्डेकाजीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?