सौन्दर्यका लागि महिलाले भुलेर पनि नगरौँ यी कुरा !

काठमाडौं । आफूलाई सुन्दर देखाउने चक्करमा अन्धाधुन्द सौन्दर्य सामग्री प्रयोग गर्दा त्यो प्रत्युत्पादक बन्न सक्दछ । अर्थात, हामी जुन प्रयोजनले त्यस्ता सामग्री लगाउँछौँ, त्यसले हामीलाई नै गम्भीर असर पुर्याउन सक्छ ।

धेरैजसो महिलाले आफ्नो शरीरको अनावश्यक रौँ हटाउन रेजर वा शेभिङ क्रिम लगाउँछन् । यो पुरुषले प्रयोग गर्नका लागि बनाइएको हो । कति महिला पुरुषको परफ्युममा लोभिन्छन् । तर, पुरुषले प्रयोग गर्ने यस्ता ग्रुमिङ प्रोडक्ट महिलाका लागि धेरै हानिकारक साबित हुनस्क्छन् ।

छाला विशेषज्ञका अनुसार पुरुष र महिलाको छालामा एकरुपता हुँदैन । पुरुषको छाला महिलाको तुलनामा निकै बाक्लो र दह्रो हुन्छ । त्यसैले पुरुषका लागि जुन ब्युटी प्रोडक्ट बनाइएको हुन्छ, त्यसमा स्ट्रोङ पावर सामग्री प्रयोग गरिएको हुन्छ । त्यही कारण महिलाले त्यस्ता सामग्री प्रयोग गर्दा हानि हुन्छ ।

नगर्नुहोस् फेस स्क्रब लोशनको प्रयोग

पुरुषले प्रयोग गर्ने फेस स्क्रब लोशन महिलाको फेस स्क्रब लोशनको तुलनामा धेरै कडा हुन्छ । जब महिलाले आफ्नो कोमल एवं नरम छालामा यसको प्रयोग गर्छन्, एलर्जी वा जलन हुनसक्छ । यदि प्रयोग गर्नै नै हो भने, अनुहारमा होइन । बरु, शरीरका अन्य भागमा प्रयोग गर्दा त्यस्तो असर हुँदैन ।

आफ्टर शेभ लोशन

कति महिलालाई पुरुषका लागि तयार गरिएको आफ्टर शेभ लोशन मन पर्छ । खासगरी त्यसको बास्ना उनीहरूले मन पराउँछन् । त्यसैले महिलाले पनि आफ्टर शेभ लोशन प्रयोग गर्दछन् । तर, यसले महिलाको छालामा असर गर्छ किनभने यसमा अल्कोहलको मात्रा धेरै हुन्छ ।

शेभिङ रेजर

कति युवतीले काखीको रौँ हटाउनका लागि शेभिङ रेजर प्रयोग गर्छन्, जो पुरुषको दाह्री जुंगा काट्न बनाइएको हो । तर, यस्तो रेजर प्रयोग गर्दा छाला रुखो हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?