१४ मङ्सिर २०८०, बिहीवार

मिलन चक्रेको एसम्यानलाई प्रहरीको गोली, घोइतेको अवस्था गम्भिर

२०७४,आश्विन,६,शुक्रवार १४:२२

0
Shares

काठमाण्डौं, ६असोज ।राजधानीको पेप्सीकोला स्थित मनोहरा पुलमा गोली चलेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गुण्डा अप्रेशनमा गोली लागि एकजना घाईते भएका छन । काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साँढे ७ बजे प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनीमाथि तीन राउन्ड गोली चलाएको थियो। तर, एक गाोलीमात्र लागेको थियो।गौतमलाई दाहिने गोडामा गोली लागेको छ।अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश लोहनीले बताए ।प्रहरीको गोली लागि रामेश्वर गौतम नामका एक व्यक्ति घाईते भएका छन । उनी गुण्डा नाईके चक्रे मिलनका निकट सहयोगी हुन । घाईते गौतमको दायाँ खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएको छ ।उनीहरुलाई नियन्त्रणमा लिन ३ राउण्ड फायर गरिएको प्रहरीले जनाएको छ ।पछिल्लो समय गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले गुण्डा अप्रेशनलाई तिव्र बनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १४:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८