नापोली र मिलानको बराबरी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा भएको नापोली र इन्टर एसी मिलानबीचको खेल बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा २-२ गोलको बराबरी खेल्दै नापोली र मिलानले अंक बाडेका छन् ।

नेपोलीको घरेलु मैदानमा भएको खेलमा थेओ हर्नान्डेजले २० औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा जिओभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ७३ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई २-२ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै छैटौं स्थानको नापोलीले ५२ अंक जोडेको छ । सातौं स्थानको मिलानको ५० अंक रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?