अर्घेलो थापाकेही दशक अघिसम्म नेपालमा पनि गायक सेलिब्रेटी थिए । भन्ने गरिन्छ, स्वर सम्राट नारायणगोपालसँग अटो लिनलाई त लामो लाइन हुन्थ्यो । उनले गीत गाएपछि मान्छेको मथिङ्गल हल्लिन्थ्यो । मान्छेको मन गीतको भावनाले सोहोथ्र्यो तर उनी एक्ला सेलिब्रेटी थिएनन् । रेडियोको दबदबा रहेका बेला रेडियो नेपालले थुप्रै सेलिब्रेटी जन्मायो । स्रोता कमायो । तर अहिले त्यस्तो स्थिति छैन । धेरै गीतकार तथा संगीतकार आज चर्चित हुन्छन्, भोलि गुमनाम हुन्छन् गीत सुन्ने माध्यम र नयाँ गायक पुस्ता आएसँगै आधुनिक गीतको बजार लगभग हराएको छ । रामकृष्ण ढकाल, न्ह्यु बज्राचार्य, सत्यराज आचार्य, अञ्जु पन्त, स्वरुपराज आचार्य, यम बराल, यश कुमार सत्यकला राई लगायतका सुगम संगीत गायकले कुनै समय एकछत्र राज गरे गीतका सिडी बेचेरै रोयल्टी पाए । तर अब त्यस्तो अवस्था छैन । सिडी तथा क्यासेट रहरका लागि मात्र निकालिन्छ । किनकि, अहिले क्यासेट तथा सिडी किन्ने एउटा स्रोता पनि हुँदैन । सबैका हातमा मोबाइल छन्, धेरै इन्टरनेटको पहुँचमा छन्
पछिल्लो संगीतको बजारलाई हेर्दा के लाग्छ भने यतिबेला नेपाली सांगीतिक बजारमा आधुनिक गीतको बजार लगभग हराउने अवस्थामा छ । लोक शैलीका गीत र विदेशी गीतले यतिखेर दर्शक तानिरहेका छन् । अहिलेका गीतमा धेरै तडकभडक भएका चकलेटी गीत सुनिन्छन् तर मथिङ्गल नै हल्लाउने भावनात्मक गीत कमै सुनिन्छन् । यो सूत्र संगीतमा मात्र होइन, अन्य क्षेत्रमा पनि देखिएको छ ।
पछिल्लो संगीतको बजारलाई हेर्दा के लाग्छ भने यतिबेला नेपाली सांगीतिक बजारमा आधुनिक गीतको बजार लगभग हराउने अवस्थामा छ । लोक शैलीका गीत र विदेशी गीतले यतिखेर दर्शक तानिरहेका छन् । अहिलेका गीतमा धेरै तडकभडक भएका चकलेटी गीत सुनिन्छन् तर मथिङ्गल नै हल्लाउने भावनात्मक गीत कमै सुनिन्छन् । यो सूत्र संगीतमा मात्र होइन, अन्य क्षेत्रमा पनि देखिएको छ ।कुनै समय आधुनिक गीतमार्फत आफ्नो एकाधिकार जमाएका कतिपय गायकहरु यतिबेला गुुमनाम छन् । ती संगीतकर्मीले आफूलाई माथि ल्याउन सकेका छैनन् । अझ भनौं, नयाँ गायक गायिका जसरी अगाडि बढिरहेका छन्, त्यो तरिका उनीहरुलाई मन परेको छैन । तिनैमध्येका कतिपय कलाकारले अहिले कलाकारिता क्षेत्र पनि बढी व्यावसायिकता बन्न खोजिएकाले ‘स्तरीय’ गीत हराएको बताउँछन् वरिष्ठ स्रष्टा तथा संगीतकर्मी सम्भु राईले आधुनिक गीतको जुन माहोल थियो, त्यो माहोल अहिले नभएको स्वीकार्छन् । यसको कारण गीत मात्र कारक तत्व नभएर गीतलाई प्रसारण गरिदिने मिडिया पनि भएको बताउँछन् । उनी के पनि भन्छन् भने, अहिले धेरैले स्टेजमा गाउन मिल्ने खालका गीत उत्पादन गरिरहेका छन्, मिडियाले पनि स्तरीय गीतलाई स्थान दिन्न । व्यावसायिक गीतलाई नै महत्त्व दिन्छ ‘आधुनिक गीतको प्रभाव अहिले पनि छ तर केही व्यावसायिक कलाकारले व्यापार गर्ने उद्देश्यले बजारमा ल्याएका गीतले राम्रा गीतलाई असर पारिरहेको छ ।’ राई भन्छन्, ‘यतिबेला दर्शकलाई पनि फास्टफुट टाइपका गीत मन परिरहेको छ, मिडियाले पनि त्यस्तै गीत बढी स्थान दिइरहेको छ ।’‘हामी त अहिले हातखुट्टा बाँधेर सडकमा छोडिएजस्ता भएका छौं, बोल्ने कुरा पनि केही छैन यतिबेला ।’, उनी थप्छन् यतिबेला राम्रा गीत उत्पादन हुँदा पनि ती गीतले स्थान नपाएको उनी बताउँछन् अर्का वरिष्ठ गायक तथा संगीतकार न्ह्यू बज्राचार्यले अहिले संगीतको कुनै पनि बजार नभएको बताउँछन् । गीतमा लगानी गर्नेले रहरै रहरले गीत रेकर्ड गर्ने भएकाले पनि उनलाई त्यस्तो लागेको हो । गीतकार तथा संगीतकारले गीतमा लगानी गर्ने तर गायककारले त्यसको लाभ उठाउने प्र्रवृत्ति उनले देखेका छन् । ‘गायकले बरु स्टेज पाउँछन्, गाउँछन् तर गीतकार तथा संगीतकारको नाम पनि मेन्सन गरिँदैन, त्यसैले गर्दा पनि गीतकार र संगीतकारलाई अझै राम्रो गर्नुपर्छ भन्ने नलागेको हुनसक्छ’, बज्राचार्य भन्छन्, ‘अहिले त गीत आफ्ना लागि भन्दा पनि दर्शकले के रुचाउलान् भन्ने उद्देश्यले संगीत गर्न थालियो । त्यसैको असरले पनि राम्रा गीत पनि बजारमा आउन सकेका छैनन् ।’नारायणगोपालका पालामा संगीतबाट कमाइ नहुने र आफूलाई मन परेका गीत अभ्यास गरेर रेकर्ड गरेर गाउने चलन थियो । साधना र संगीतको मिलन हुन्थ्यो । ती गीतमा ‘लजिक’ देखि दर्शनसम्म अटाउन खोजिएको हुन्थ्यो । तर अहिले पब्लिकलाई मन पर्ने गीतको सृजना बाक्लिएको छ । यसैले गर्दा पनि गीतको स्तर खस्किरहेको छ भन्ने धारणा राख्छन् बज्राचार्य । ‘पहिले गायकसँगै संगीतकार र गीतकारको पनि उत्तिकै नाम आउँथ्यो, अहिले मिडियाले पनि नाम लिन नखोज्दा गीतकारलाई किन धेरै पैसा खर्च गर्ने भन्ने परेको छ’, उनी थप्छन्, ‘त्यसैले होला, जमानाका राम्रा लेखकले पनि अहिले काम चलाउ गीत लेख्न खोजिरहनुभएको छ ।’त्यसो त अहिले डिजिटल युगसँगै गीतलाई अनलाइन सुन्ने चलन पनि बढेको छ । विदेशमा गीतलाई पनि निश्चित रकम दिएर सुन्नुपर्ने अवस्था छ । नेपालमा भने त्यस्तो अवस्था अझै बन्न सकेको छैन । बरु नेपालमा त उल्टो पैसा तिरेर गीतको विज्ञापन पर्ने चलन बढ्दो छ थुप्रै गीतमा संगीत भरेका संगीतकार आलोक श्री कुनै बेलाका अत्यन्तै व्यस्त संगीतकारमध्ये एक हुन् । तर अहिले उनको चर्चा कमै हुने गर्छ । उनै संगीतकार आलोक श्री सुगम संगीतकाजस्ता कालजयी गीत अहिले नभएको र बरु सामाजिक सञ्जालका माध्यमबाट गीतलाई चर्चामा ल्याउन खोजिएको बताउँछन् । ‘अहिले राम्रा गीत निस्किँदैनन्, बरु भाइरल भयो भन्दै जस्ता गीतलाई पनि भाइरल गराइन्छन्, अझ अहिले त युटु्युबको भ्यूजका आधारमा चर्चामा ल्याइन्छ, अर्कोतिर राम्रा गीत गाएर हैन, बरु प्रमोसन गरेर चर्चामा आउने पनि उत्तिकै छन्’, आलोक भन्छन्, ‘यस्तै पारा हो भने मूल धारका गीतको अवस्था मासिँदै जाने पक्का छ ।’अहिलेको बजार गीत राम्रा भएर खोजेर सुनिने होइन कि, बरु विज्ञापन गरेर गीतलाई कसरी चर्चामा ल्याउने भन्नेमा केन्द्रित भएको आलोक बताउँछन् ‘युरोप अमेरिकातिर गीत बुस्ट गर्ने चलन हुँदैन, उता त बरु गीत किनेर सुन्ने चलन छ ।’, उनी थप्छन् जे होस्, यतिबेला आधुनिक गीतको बजार साँच्चिकै खस्केको छ । उनै दर्शकले पुराना गीतलाई दोहोराएर सुनिरहेका हुन्छन् तर नयाँ गीतलाई खासै महत्त्व दिएका हुँदैनन् । यसो हुनुको कारण विज्ञापन गरिएका गीतले राम्रा गीतलाई पनि अगाडि ल्याइएको कतिपय संगीतकर्मीको भनाइ छ । का चलाउ गीत बनाएर जबरजस्ती दिमागमा छिराउन खोज्नु त एउटा पक्ष भयो, अर्कोतिर तिनै गीतमा दर्शकलाई बानी पार्न खोजिएको छ । यिनै कुरालाई जोड्दै आलोक श्री भन्छन्, ‘अहिले त गीत पनि जबरजस्ती थोपरिन खोजिएको छ, स्वच्छ प्रतिस्पर्धाले कुनै गीत पनि अगाडि आएका छैनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया