२०७७, २९ असार सोमबार ०७:३८

सरकारले निर्णय गरेपनि खुलेन यातायात


प्रकाशित मिति : २०७७, २९ असार सोमबार ०७:३८

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । राजधानी दैनिकमा खबर छ ।

सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् ।

सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले छलफलमा व्यवसायीका समस्यामा मन्त्री, सचिव र विभागका महानिर्देशसँग राखेको बताए ।

प्रतिक्रिया दिनुहोस