२०७८,बैशाख,२४,शुक्रवार

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री


काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहर, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्ध जनही ५ करोड ५ लाख ४२ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नवलपरासी साविक सनई गाविस–८ ख कि.नं. १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकामा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७७,असार,२९,सोमवार ०७:३५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस संक्रमण भेटिएको छ । सो नगरपालिकाको वडा

काठमाडौं । कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ

काठमाडौं । सर्वोच्च अदालतले (नेकपा) विघटन बदर गरेपछि गत फागुन २३ गते शुरु भएको प्रतिनिधिसभाको बैठक नौ पटक बसिसकेको छ

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८