जुम्लामा पनि पुग्यो सलह

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा सलह पुगेको छ ।

छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएिको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।

पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीय बताएका छन्।

यस अघि पनि काठमाडौं लगायत नेपालका विभिन्न जिल्लामा पनि सलहको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?