साझा पार्टीबाट बाहिरिए खनाल र आचार्य

काठमाडौं । साझा पार्टीबाट मुमाराम खनाल र सूर्यराज आचार्य बाहिरीएका छन्। उनीहरु साझा पार्टीका सचिवालय सदस्य हुन् ।

आज बसेको साझा पार्टीको केन्द्रीय समितिको बैठकमा उनीहरुले पार्टी छाड्ने निर्णय गरेको बताएका हुन् ।

केही समय अघि देखि उनीहरुले संयोजक रवीन्द्र मिश्रसहितको केन्द्रीय टिमसँगको मत विभाजन रहँदै् आएको थियो ।

संयोजक मिश्रसहितका १५ सदस्यीय टिमले विवेकशील लगायतका अन्य दलसँग सहकार्य गरेर जाने निर्णयसँगै उनीहरुसँग मत भिन्नता रहँदै आएको थियो ।

सचिवालय सदस्यहरु खनाल र आचार्यले भने पार्टी पुनर्गठनका लागि संयोजकमात्र राखेर पार्टीका सबै समितिहरू भंग गर्ने प्रस्ताव गर्दै आएका थिए ।

उनीहरुका अनुसार यसरी समिति भंग गरिसकेपछि देशव्यापी छलफल र परामर्श गरेर पार्टी पुनर्गठन गर्ने सुझाव दिँदै आएका थिए ।

असार २६ गते शुक्रवार बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो ।

तर खनाल र आर्चायले पुरानै दलसँग मिलेर जानुको औचित्य नरहेको बताएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?