२१ उडानमार्फत मलेसियासहित यी देशबाट फर्किए ३३२२ नेपाली

काठमाडौं । कोभिड–१९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्न मलेसियास्थित नेपाली दूतावासको समन्वयमा सञ्चालन भएका पहिलो चरणका उडानहरु सम्पन्न भएका छन् ।

जसअनुसार क्वालालम्पूरबाट नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र फिलिपिन्सबाट मालिन्दो एयरले समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएको दूतावासले जनाएको छ ।

मलेसिया बाहेक ईण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापूर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएक छन् ।

फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली हिमालय एयरलाईन्समार्फत आइतबार फर्किएका छन् ।

क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्किएको दूतावासले जनाएको छ । यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?