२०७८,बैशाख,३०,बिहीवार

बाढीका कारण १ को मृत्यु, सयौँ मानिस विस्थापित


भद्रपुर । झापामा अविरल वर्षाका कारण कनकाइलगायतका नदीमा आएको बाढीले एकको मृत्यु, एक बेपत्ता र ७४९ जना विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विरिङ नदीमा नुहाउन गएका झापा गाउँपालिकाका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ भने भद्रपुर–३ का ३३ वर्षीय हिरण राई मेची नदीमा नुहाउँदा बगेर बेपत्ता भएका छन् ।

पछिल्लो जानकारीअनुसार कनकाइ नदीमा आएको बाढीले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाका ७४९ जना घर डुबानमा परेका कारण विस्थापित भएका छन् । कनकाइ नदीमा जलसतह बढेर आज सतर्कता नजिक पुगेको छ भने अरु नदीमा पनि बाढी आएको छ । झापा गापाको कुमरखोदमा कनकाइको बाढीले डुबानमा परेका ११४ घरका ५५० जनालाई नेपाल रेडक्रस, गाउँपालिका र प्रहरीको सहयोगमा उद्धार गरी शितुमारी प्रावि र जुडो प्राविमा सेल्टर बनाएर सुरक्षितरुपमा राखिएको छ ।

यसैगरी गौरीगञ्ज गाउँपालिकामा कनकाइको बाढी बढ्न गई झिलझिलेमा ४३ घरका १५० जना, शिवसताक्षीको शिवगञ्जका सात घरका २९ जना र झोडाबस्तीका दुई घरका १४ जनालाई उद्धार गरी स्थानीय सेल्टरमा सारिएको छ । मेचीनगर–७ को पालिया खोलाको बाढी घरभित्रै पसेपछि नौ घरका ४२ जनालाई प्यारीभिट्टास्थित बसपार्कको कोठामा सारिएको छ । बाढीको कहर शुरु भएपछि झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना नेपाल रेडक्रस सोसाइटी र स्थानीय तह विपद् व्यवस्थापन र उद्धारमा आपसी समन्वय गर्दै जुटिरहेका छन् । रासस

प्रकाशित मिति: २०७७,असार,२८,आईतवार २०:५५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको उडानले अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरेको छ । प्राधिकरणका अनुमति शाखाका उप–प्रबन्धक

काठमाडौं । नेपालमा हाल १ हजार बढी आइसीयूमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा

काठमाडौं । नेपालमा हाल ९६ हजार बढी होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१