प्रधानमन्त्री ओलीद्वारा अभिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण देखिएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिवार अभिनेता बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसँगै भारतको नानावती अस्पतालमा भर्ना भएका छन् । अभिनेता बच्चनका छोरा अभिषेक तथा बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा समेत कोरोना पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीले आइतवार ट्वीट गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

अमिताभ र अभिषेक अस्पतालमा उपचाररत रहेका छन् भने बुहारी र नातिनि होम क्वारेन्टाइनमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ओलीले ट्वीट मार्फत उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै भनेका छन्, ‘भारतका महान अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

यसअघि प्रकाशित यो समाचा पढ्नुभएको थियो ?

अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

अमिताभको छोरा अभिषेकमा पनि देखियो कोरोना संक्रमण

विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र छोरी आराध्यालाई कोरोना संक्रमण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?