अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी भारतको नानावती अस्पतालमा भर्ना भएका छन् ।

 

७७ वर्षीय बच्चनले आफूलाई कोरोना पोजेटिभ देखिएको ट्वीट मार्फत जानकारी दिएका छन् ।

उनले ट्वीट मार्फत जानकारी दिँदै भनेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

ट्वीटमार्फत उनले पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि जनाएका छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?