हेर्नुहोस् २०७७ साल असार २९ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ २९ गते । सोमवार । इ.स.२०२० जुलाई १३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– अष्टमी,१६ बजेर ५२ मिनेट उप्रान्त नवमी । नक्षत्र–रेवती,११ बजेर ०२ मिनेट उप्रान्त अश्विनी ।

योग सुकर्मा,२३ बजेर २० मिनेट उप्रान्त धृति । करण–कौलव,१६ बजेर ५२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन,११ बजेर ०२ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ५ बजेर १७ मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी १५ पला । पञ्चक समाप्ती । गोरखकाली पूजा। आदिकवि भानुभक्त जयन्ती।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय मध्यम रहेकोले खानपान तथा बाहिरी वातावरण्को ध्यान दिनुहोला खर्च बढ्ने योग रहेको छ ।

मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ ।

खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्यनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । कृषि क्षेत्रमा लगानी गरि आम्दानी गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रश्तुती गहन हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तर पनि छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सानो लगानीबाट धन आर्जन गर्न सकिनेछ भने कृषि क्षेत्रको व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ ।

बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भाग्य तथा राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरीने कामबाट मनग्गे फाईदा हुनेछ ।

किर्तीमानी काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खोज तथा अनुसन्धानको शिलशीलामा छोटो दुरिको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

भाग्यले साथ दिने हुनाले सानो लगानीबाट कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायियी रहनेछ । बिहानको समय मध्यम रहेकोले भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मध्यान्हबाट समय मध्यम रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाव सिर्जना हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पत्ती तथा विलाशी वस्तुको व्यापार व्यवसायबाट सामान्य भएपनि आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ती हात पार्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ ।

कृषि क्षेत्रमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यवसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ ।

अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम भित्र बसेर गर्नेहरुका लागि समय मध्यम रहेकोले आलोचना हुनेछ ।

माया प्रेममा मनमुटाव बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेको छ । घर जग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायमा सामान्य आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ ।

मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा कुटुम्ब सँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यतित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यतित गर्न सक्नेछन् ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?