काठमाडौं । नेपालमा हालसम्म ८ हजार १ सय ७४ जना कोरोना संक्रमितहरु आइसोलेसनमा उपचाररत रहेका छन्। पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
हालसम्म ८ हजार ५ सय ८९ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ सय ४७ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका हुन् ।
पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमण हुनेको संख्यामा कमि आइरहेको छ । त्यस्तै विभिन्न देशबाट आइ क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा पनि कमि आइरहेको छ । हाल नेपालमा २३ हजार ७ सय ८४ जना क्वारेन्टाइनमा रहेका छन् । भने कोरोनाको कारण ३८ जनाको मृत्यु भएको छ ।
हालसम्म प्रदेश नं १ मा सबैभन्दा कम कोरोनाका विरामीहरु रहेका छन् । जहाँ १८० जनाकोरोना संक्रमणको कारण उपचाररत रहेका छन् । भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ६ सय ४७ जना आइसोलेसनमा रहेका छन् ।
कुन प्रदेशमा कति छन् आइसोलेसनमा ?
प्रदेश नं १ मा १८० जना
प्रदेश नं २ मा १हजार ९ सय १३
बाग्मती प्रदेशमा ४ सय ६१ जना
गण्डकी प्रदेशमा ९ सय १ जना
प्रदेश नं ५ मा १ हजार ६ सय ८४ जना
कर्णाली प्रदेशमा ३ सय ८८ जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय ४७ जना
यो पनि:
बितेको २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ८०१ पुग्यो
कोरोना कहरः कुन प्रदेशमा कति जनाको मृत्यु ? (सूचीसहित)
काठमाडौं उपत्यकामा आईतवार थपिएका संक्रमित कुन जिल्लाका कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया