पाँचथरमा बोलेरो दुर्घटना

पाँचथर । पाँचथरमा बोलेरो दुर्घटना भएको छ । पाँचथरको कुम्मायक गाँउपालिका–३ मा विरुवा कन्ट्रक्सनको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तमोर कोरीडोरको काम गरीरहेको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरी गइरहेको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको बुझिएको छ ।

अन्य विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?