१७ माघ २०७९, मंगलवार

मिलन चक्रेको एसम्यानलाई प्रहरीको गोली, घोइतेको अवस्था गम्भिर

२०७४,आश्विन,६,शुक्रवार १४:१७

0
Shares

काठमाण्डौं, ६असोज ।राजधानीको पेप्सीकोला स्थित मनोहरा पुलमा गोली चलेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गुण्डा अप्रेशनमा गोली लागि एकजना घाईते भएका छन ।अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश लोहनीले बताए ।प्रहरीको गोली लागि रामेश्वर गौतम नामका एक व्यक्ति घाईते भएका छन । उनी गुण्डा नाईके चक्रे मिलनका निकट सहयोगी हुन । घाईते गौतमको दायाँ खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएको छ ।उनीहरुलाई नियन्त्रणमा लिन ३ राउण्ड फायर गरिएको प्रहरीले जनाएको छ ।पछिल्लो समय गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले गुण्डा अप्रेशनलाई तिव्र बनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १४:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच

काठमाडौं । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले वयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाएकका छन् । मिक्लाजुङमै छ

भरतपुर । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले

ताजा समाचार

सीमा विवाद समाधान गर्न समिति गठन
 २०७९,माघ,१७,मंगलवार १२:४४