काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेकपा फुटको अवस्थामा नरहेको बताएका छन् । नारायणी नदी कटान, तटबन्ध र माडी पुगेर अवलोकन गरेका प्रचण्डले चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने – “मलाई कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै मैले तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको हो । स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएकै हो । अहिले पार्टीमा कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भनेर देखाउन खोजिएको छ, यहाँ कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भन्ने छैन । मिलेरै नक्सा बनाएको हो । मिलेरै काम गरेको हो । सरकारलाई सबैले धन्यवाद दिएकै छन् । अहिल पार्टीभित्र मुर्दावाद र जिन्दावाद किन ? विभाजन हुन दिइने छैन ।”
प्रचण्डले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए ।
उनले थपे, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।” पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उनले भने , “ यसमा पनि तपाईहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया