के कोरोना भाइरस चीनमा २०१२ मै भेटिएको थियो ? वैज्ञानिकको नयाँ खुलासा !

काठमाडौं । चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता शुरु भएको कोरोना भाइरसको महामारी नेपालसहित विश्वका २१३ वटा देशमा पुगिसकेको छ ।

विभिन्न देशका वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण सफलता भने हात पार्न सकेका छैनन् । शरेक दिन वैज्ञानिकहरु विभिन्न शोध गरिरहेका छन् र नयाँ नयाँ कुराहरु पत्ता लगाईरहेका छन् ।

यसैबीच वैज्ञानिकहरुले सन् २०१२ मा मोजियान्ज प्रान्तमा पनि कोरोना जस्तै भाइरस पाइएको बताएका छन् । उक्त भाइरसको कारण केहि मानिसहरु ज्यान समेत गएको वैज्ञानिकहरुको दाबी छ । यस बारेमा वैज्ञानिकहरुले उक्त भाइरस चमेरोले भरिएको गुफामा गएर पत्ता लगाएको बताएका छन् ।

कोरोना भाइरसको जस्तै थिए लक्षण

रिपोर्टका अनुसार सन् २०१२ मा चमेरो भएको स्थानमा अनुसन्धान गरिएको थियो । त्यो बेला केहि मानिसहरुलाई खोकी, शरीरमा दुख्ने र श्वास फेर्न असहज भएको थियो ।

त्यसपछि उपचार गराउँदा तीन जनाको मृत्यु भएको थियो । त्यो बेला यो भाइरसलाई ।। नाम दिइएको थियो । कोरोना र उक्त भाइरसको लक्षण मिल्दोजुल्दो देखिएपछि कोरोना त्यो बेलाकै हुनसक्ने वैज्ञानिकले आँकलन गरेका छन् ।

जनावरबाट फैलियो भाइरस

चीनका वैत्रानिकहरुले शोधबाट कोरोना भाइरस जनावरको माध्यमबाट मानिसमा फैलिएको बताएका छन् ।

त्यसपछि मानिसबाट अन्य देशहरुमा पुगेको बताएका छन् । तर पशु रोग बेलायत विशेषज्ञ डा. पीटर दस्जकले कोरोना भाइरस वुहानबाटनभएर अन्य कतैबाट फैलिएको बताएका छन् ।

उनले यो भाइरस मोजियांगको खानमा फैलिएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?