काठमाडौं । अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियड साइन्सेजले एन्टीभाइरल ड्रग रेम्डेसिभिरको प्रयोगबाट कोरोना भाइरस संक्रमित रोगीहरुको मृत्युमा कमी भएको दाबी गरेको छ ।
कम्पनीले उक्त औषधिको प्रयोगले संक्रमितहरु ठिक हुनेको संख्या तीव्र दरमा बढीरहेको बताएको हो । यो विषयलाई लिएर कम्पनीका शोधकर्ताहरुले एक आँकडा पनि प्रकाशित गरेका छन् ।
गिलियडले जारी गर्यो डेटा
गिलियडका शोधकर्ताहरुले ३१२ जना संक्रमितको डेटा विश्लेषण गरेका छन् । जो संक्रमित भएपछि अस्पतालमा भर्ना गरिएका थिए । त्यस्तै प्रकारका विशेषता र रोगका ८१८ संक्रमितमा पनि विभिन्न तरिकाले परीक्षण गरिएको थियो ।
१४ दिनमा ठिक भए ७४ प्रतिशत मानिस
आँकडाका अनुसार विश्लेषणको क्रममा रेम्डेसिभिरको डोज लिएका ७४.४ प्रतिशत मानिस १४ दिनमा निको भएका छन् । यो औषधि बिना ठिक भएका मानिसहरुको आँकडा ५९.० रहेको थियो । रेम्डेसिभिर लिएका संक्रमितको मृत्युदर १४ दिनमा ७.६ प्रतिशत रहेको छ । उपचार गराईरहेका संक्रमितको मृत्युदर १२ं५ प्रतिशत रहेको कम्पनीले बताएको छ ।
कम्पनीले किन जारी गर्यो डेटा ?
कम्पनीका वैज्ञानिकका अनुसार मृत्युदरमा कमी आएको पुष्टि गर्नका लागि अझै अध्ययनको आवश्यकता रहेको छ ।
गिलियड साइन्सेजका मुख्य चिकित्सा अधिकारी मरदाद पर्सीका अनुसार कोरोना भाइरस महामारी बुझ्नको लागि आफ्नो रिसर्च डेटा सार्वजनिक गरिएको हो, साथै रेम्डेसिभिरको बारेमा जानकारी दिन पनि ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया