प्रधानन्यायाधीसको राजीनमा माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १२ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन भएको छ राजधानीको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी सहभागी थिए । प्रदर्शनमा पराजुलीविरुद्ध संघर्षरत रहेका प्रा.डा. गोविन्द केसीसँगै विवेकशील साझा पार्टीका नेताहरु सहभागी भएका थिए प्रदर्शनमा सहभागीहरुले ‘माफियाको ताँती, पराजुली श्रीमानका साथी’, ‘किर्तेमा कीर्तिमान पराजुली श्रीमान’ जस्ता प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?