अज्ञात व्यक्तिले चलाएको गोली लागेर सर्लाहीमा एक युवक घाइते

मलंगवा, १२ फागुन । सर्लाहीको बरहथवामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक युवा घाइते भएका छन् गोली प्रहार हुँदा सर्लाहीको हरिवन नगरपालिका–११ का १८ वर्षीय महावीर तामाङ घाइते भएका हुन् टिपरमा सहचालकको काम गर्ने तामाङमाथि बरहथवा नगरपालिका–७ स्थित लालदियरचौरीमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ मोटरसाइकल रोकेर बाटोमा बसिरहेका व्यक्तिले तामाङमाथि गोली चलाएका थिए घाइते तामाङको वीरगन्जमा उपचार भइरहेको छ भने गोली प्रहार गर्ने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?